प्रधानमन्त्रीलाई विश्वासको मतका लागि माओवादीको ‘ह्वीप’
शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।
काठमाडौं, फागुन २६ : नयाँ गठवन्धनमा सामेल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ।
शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।
राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको निर्वाचनका बेला पनि अनिवार्य उपस्थित हुन समेत माओवादीले निर्देशन जारी थरेको छ।
प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।
प्रकाशित मिति: १७:५७ बजे, शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












