रास्वपाले बोलायो केन्द्रीय समिति
आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक सोमबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएको छ।
काठमाडौं, फागुन २६ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक सोमबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएको छ।
सत्ता समीकरण फेरबदलपछि रास्वपा सरकारमा सहभागी छ। नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गरेर सरकारमा गएपछि एक्लाएक्लै उम्मेदवारी दिएर पार्टी निर्वाचनमा सहभागी हुने नहुने भन्नेमा अन्योल छ।
उपनिर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। त्यस्तै, प्रदेश सभातर्फ बझाङ—१ मा पनि उपनिर्वाचन हुँदैछ। यसअघिको निर्वाचनमा रास्वपाले प्रदेश सभातर्फ दल दर्ता गरेको थिएन।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धन बनाएपछि रास्वपा, जसपा र एकीकृत समाजवादी पनि त्यसमा छन्।












