महिला सशक्तीकरणमा एमाले अग्रणी छ : अध्यक्ष ओली
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने उल्लेख गरे।
काठमाडौं, फागुन २६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताएका छन्।
११४औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा शनिबार आयोजित सम्मान, विमोचन र वृत्तचित्र प्रदर्शनीमा अध्यक्ष ओलीले सामाजिक रुपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिनैरहने बताए।
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने उल्लेख गरे।
मुलुकको व्यवस्था परिवर्तन भएसँगै विभिन्न वर्ग समूदायहरुको हक अधिकार स्थापीत भएको भन्दै अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित नभएको बताए।
त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले ‘संघर्षशील योद्धाहरू’को लोकार्पण गरेका थिए भने सामाजिक रूपान्तरणकर्ता, उत्कृष्ट शोधार्थी र कम्युनिष्ट आन्दोलनमा योगदान गरेकाहरूलाई सम्मान गरेका थिए।