Kathmandu Press

इलाम–२ मा उपनिर्वाचनको सरगर्मी सुरु

चुनावको सरगर्मी शुरु भएसँगै एमालेले कार्यदल गठन गरेर उम्मेदवारको खोजी सुरु गरिसकेको छ। एमालेले उम्मेदवार टुंग्याएपछि जितहारको समिक्षासहित जित्ने नेतालाई स्थान दिने रणनीतिमा काँग्रेस देखिएको छ।
इलाम–२ मा उपनिर्वाचनको सरगर्मी सुरु

इलाम, फागुन २६ : आगामी वैशाख १५ गते इलाम–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनको चुनावी सरगर्मी सुरु भएको छ । नेपाली कांग्रेस र एमालेका लागि यो निर्वाचन क्षेत्र प्रतिष्ठाको विषय बनेको छ।

चुनावको सरगर्मी शुरु भएसँगै एमालेले कार्यदल गठन गरेर उम्मेदवारको खोजी सुरु गरिसकेको छ। एमालेले उम्मेदवार टुंग्याएपछि जितहारको समिक्षासहित जित्ने नेतालाई स्थान दिने रणनीतिमा काँग्रेस देखिएको छ।

गत वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका तर्फ कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का ११४ मतको झिनो अन्तरले एमालेका सुभास नेम्वाङसँग पराजित भएका थिए।

Hardik ivf

नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसांसद नगेन्द्र कुमाललगायतको उम्मेदवारमा दाबी रहेको छ।

यता, एमालेबाट स्वर्गीय नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ, बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, डा.देवी क्षेत्री दुलालले उम्मेदवारमा दाबी गरेका छन्।

पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिमले इच्छा व्यक्त गरेका भने माओवादी केन्द्र परित्याग गरेका पत्रकार मिलन लिम्बु पनि उम्मेदवारको दौडमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेताहरु पनि चुनावी अभियानमा छन्।

रास्वपा पनि उम्मेदवारको खोजीमा जुटेको छ । नयाँ गठवन्धनमा सहभागि रास्वपाले उक्त निर्वाचन क्षेत्रमा भिन्नै उम्मेदवार खडा गर्ने बताइसकेको छ।  

यता, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरुले पनि उम्मेदवारका लागि छलफल तिब्र पारेका छन्। सबै पार्टीका संभावित उम्मेदवाहरु यतिबेला टिकटका लागि दौडधुपमा छन्।

निर्वाचन कार्यालयले उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र कायम गरिसकेको छ । इलाम–२ मा एक लाख १५ हजार चार सय ६७ मतदाता छन्। उपनिर्वाचनका लागिफागुन २४ देखि ३० गतेसम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन, चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम तय भइसकेको छ।

प्रकाशित मिति: १६:३० बजे, शनिबार, फागुन २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्