Kathmandu Press

रञ्जिता र रेशमको आ–आफ्नै दाउपेच, नाउप चरम संकटमा

नाउपाकी अध्यक्ष पार्टी नेतृत्वसँग सल्लाह नगरी प्रदेश सरकारमा सहभागी भएको बताउँदै फिर्ता हुन निर्देशन दिएकी छन्। तर सरकारमा गएका मन्त्रीलाई पार्टीका संरक्षक रहेका श्रेष्ठका श्रीमान् रेशम चौधरीले पठाएका हुन्।
रञ्जिता र रेशमको आ–आफ्नै दाउपेच, नाउप चरम संकटमा

काठमाडौं, फागुन २६ : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा मन्त्री बनेका आफ्ना सांसदलाई फिर्ता हुन निर्देशन दिएपछि उक्त पार्टीमा चरम संकट देखिएको छ।

नाउपाकी अध्यक्ष पार्टी नेतृत्वसँग सल्लाह नगरी प्रदेश सरकारमा सहभागी भएको बताउँदै फिर्ता हुन निर्देशन दिएकी छन्। तर सरकारमा गएका मन्त्रीलाई पार्टीका संरक्षक रहेका श्रेष्ठका श्रीमान् रेशम चौधरीले पठाएका हुन्।

Hardik ivf

चौधरीको सल्लाह र निर्देशनमा सरकारमा गएका प्रदेश सभा सदस्यहरुलाई पार्टी अध्यक्ष श्रेष्ठले फिर्ता हुन निर्देशन दिएपछि नाउपा नै संकटमा परेको हो। नाउपाका नयाँ मन्त्रीहरु शुक्रबार मात्रै सरकारमा गएका थिए।

यता श्रेष्ठले शुक्रबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी छन्। श्रेष्ठले भने सल्लाह नै नगरी मन्त्री बनेको बताउँदै सरकारबाट फिर्ता हुन भनेकी हुन्।

शुक्रबार राति नाउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त भएका थिए । उनीहरुको सपथ ग्रहण समेत भइसकेको छ। उनीहरुलाई रेशम चौधरीले सरकारमा पठाएका थिए ।

सरकामा जाने कि नजाने विवादका कारण नाउपाको मतभेद उत्कर्षमा पुगेको छ। पार्टी संरक्षक चौधरीको निर्देशन पालना गर्दै सरकारमा गएका मन्त्रीहरु भने फिर्ता नहुने मानसिकतामा रहेको बताइएको छ।  

प्रकाशित मिति: १६:०१ बजे, शनिबार, फागुन २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्