Kathmandu Press

‘धोका खाने जति एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुन्छ’

महामन्त्री शर्माले भने, ‘हामीले सभापतिज्यूलाई भनेका छौं। अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस्।’
‘धोका खाने जति एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुन्छ’

काठमाडौं, फागुन २६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकार बनाउने धन्दामा लाग्न नहुने बताउँदै धोका खाने जति एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुने भनाई राखेका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो भनाई राखेका हुन्। शर्माले नयाँ गठबन्धनलाई काम गर्न दिएर कांग्रेस सशक्त प्रतिपक्ष बन्नुपर्ने धारणा राखे।

Hardik ivf

शर्माले सभापति शेरबहादुर देउवालाई पनि केही समय पर्खिन आग्रह गरेको समेत बताए । महामन्त्री शर्माले भने, ‘हामीले सभापतिज्यूलाई भनेका छौं। अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस्।’

महामन्त्री शर्माले नागरिक तहबाट पनि कांग्रेसलाई सरकारको धन्दामा नलाग्न खबरदारी गर्नुपर्ने आबस्यकता रहेको औंल्याए। उनले कांग्रेसका मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षको समय पनि नदिएको बताए।

प्रधानमन्त्री दाहालबाट धोका खानेहरु कुनै दिन एक ठाउँमा आउने वातावरण बन्न सक्ने पनि बताए।

शर्माले भने, ‘कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरुसँग गएको कुरा आउँछ। धार्नी पु¥याउनेतर्फ लागौं भन्ने पनि आउँछ। धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।’

 

प्रकाशित मिति: १५:३९ बजे, शनिबार, फागुन २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्