Kathmandu Press

कोरोनाको असर : राज्यव्यवस्था समिति बैठक स्थगित

काठमाडौं, चैत ६ : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्....

कोरोनाको असर : राज्यव्यवस्था समिति बैठक स्थगित

काठमाडौं, चैत ६ : कोरोना भाइरसका कारण प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णयानुसार २५ जनाभन्दा बढी भेला हुन नहुनेमा सहभागी सङ्ख्या बढी भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि आजको बैठक केहीबेर चलेर स्थगन गरिएको हो।

समितिले बुधबार गरेको निर्णयमा अत्यावश्यक कामबाहेक आवातजावत हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु नगर्न र त्यस्तै कार्यहरु पार्टी प्यालेस, मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने र उक्त विषयको अनुगमन गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने उल्लेख छ।

बैठकको शुभारम्भमै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारको उच्चस्तरीय समन्वय समितिले समेत रोगको रोकथामका लागि भनेर भेला हुन रोक लगाएको अवस्थामा बैठक बसिरहनुको औचित्य नहुने बताए। समितिका सभापति शशी श्रेष्ठले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्वनिर्धारित कार्यक्रम भएको र संसद् स्थगित नभएको अवस्था रहेको भन्दै बैठक सञ्चालन गरिएको जनाएकी थिइन्।

त्यसपछि उक्त विधेकमाथि संसोधन प्रस्ताव प्रस्तुत गर्ने नेपाली कांग्रेसका सांसद पुष्पा भुषाल र नेकपाका सांसद विन्दा पाण्डेले संशोधन प्रस्ताव राख्नुको कारणबारे समितिमा जानकारी गराएका थिए। उनहरूले गम्भीर प्रकृतिको विधेयक भएकाले विधेयकको हरेक दफाको छलफल गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए।

समितिको बैठकमा ४० जना भन्दा बढी भएपछि फेरि जरुरीको विषय भन्दै सांसद बडूले बैठक सञ्चालन गरिरहँदा सरकारको निर्णयविरुद्ध हुने भन्दै पुनः समितिको ध्यानाकर्षण गराए।

उनको भनाइमा अन्य केही सांसदहरुले समर्थन जनाएका थिए। त्यसलगत्तै समितिका सभापति श्रेष्ठले बैठक स्थगन भएको घोषणा गरेकी थिइन्।

 

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्