Kathmandu Press

अष्ट्रेलियन आरोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण चढ्ने

शनिबार पत्रकार सम्मेलन गरी गर्दै पेपरले सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन्।
अष्ट्रेलियन आरोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण चढ्ने

काठमाडौं, फागुन २६ : अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन्।

शनिबार पत्रकार सम्मेलन गरी गर्दै पेपरले सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन्। सो अवसरमा उनले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको सुनाइन्।

Hardik ivf

‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु,’ पेपरले भनिन्। उनले सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी हुन्।

पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गरेकी थिइन्।

पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छिन्। ब्रोडपिक बिनाअक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अष्ट्रेलियाली महिलासमेत हुन्।

विश्वमा हालसम्म छ जना आरोहीले मात्र बिनाअक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन्।

प्रकाशित मिति: १५:१५ बजे, शनिबार, फागुन २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्