‘नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन’
‘हाम्रो अहिलेको नयाँ गठबन्धनले मिसन ८४ लाई डाइभर्ड गर्दैन् । मिसन ८४ लाई लक्ष्य बनाएर हामी हिडिरहेको छौं । त्यसैलाई सहयोग पु¥याउनले एउटा स्टेपको रुपमा यो हो।’-1704623111.jpg)
काठमाडौं, फागुन २६ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको नयाँ गठबन्धनले एमालेको ‘मिसन ८४’ लाई कुनै प्रभाव नपार्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका वडा नं. ५ कमिटीको १२औं अधिवेशन उद्घाटन गर्दै उनले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्याउनेगरी एउटा स्टेपको रुपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई कुनै प्रभाव नपार्ने बताएका हुन्।
‘मिसन ८४ भनेको एउटा लक्ष्य हो। हामीले कुनै एउटा पार्टीले बहुमत नल्याएमा राजनीतिक अस्थिरताको शिलसिला सुरु हुन्छ भनेर नयाँ लक्ष्य तय गरेका हौं। त्यसका लागि नेकपा एमालेले बहुमत ल्याउन आवश्यक छ । त्यो बहुमत ल्याउनु भनेको आर्थिक विकास र समृद्धि एवम मुलुकमा राजनीतिक स्थायित्वको लागि हो,’ उनले भने।
उनले मिसन ८४लाई सहयोग गर्न नै अहिलेको नयाँ गठबन्धन एउटा स्पेट भएको बताए। उनले भने, ‘हाम्रो अहिलेको नयाँ गठबन्धनले मिसन ८४ लाई डाइभर्ड गर्दैन् । मिसन ८४ लाई लक्ष्य बनाएर हामी हिडिरहेको छौं । त्यसैलाई सहयोग पु¥याउनले एउटा स्टेपको रुपमा यो हो।’
उनले एमालेले निर्वाचनमा पनि गठबन्धन गरेर नै जाने कि नजाने भन्ने कुरा अहिले भन्न नसक्ने अवस्था रहेको बताए।












