बिजुलीको पाेल ढल्दा कालीकोटमा २ जनाको मृत्यु
लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको हो। लालुमा एक महिनाअघि मात्रै राष्ट्रिय प्रसारण लाइन पुगेको थियो।
कालीकोट, फागुन २५ : कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको हो। लालुमा एक महिनाअघि मात्रै राष्ट्रिय प्रसारण लाइन पुगेको थियो।
घरनजिकै पोल ढलेर तारले घर छुँदा उनीहरुको मृत्यु भएको हो। केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् ।
घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पोषण थापाले बताए।
प्रकाशित मिति: १२:३२ बजे, शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार