Kathmandu Press

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं, फागुन २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो।

Hardik ivf

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ। उम्मेदवार राष्ट्रिय सभा सदस्यको बैठक पछि छनोट गरिनेछ।

निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकिएपछि यो पद खाली छ।

प्रकाशित मिति: ११:५७ बजे, शनिबार, फागुन २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्