Kathmandu Press

‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता’

प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले आर्थिक अवस्था संकटमा पारेको र त्यसबाट देशलाई मुक्त गर्नका लागि पनि गठबन्धनको विकल्प नरहेको बताए।
‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता’

गुल्मी, फागुन २६ : नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताएका छन्।

प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले आर्थिक अवस्था संकटमा पारेको र त्यसबाट देशलाई मुक्त गर्नका लागि पनि गठबन्धनको विकल्प नरहेको बताए।

Hardik ivf

नयाँ गठबन्धनले राजनीतिक स्थिरतासँगै, सामाजिक एवं सांस्कृतिक अराजकताको संकटपूर्ण अवस्थावाट जोगाउँदै मुलुकलाई समृद्धिको यात्रामा लैजाने प्रमुख प्राथमिकता रहेको थापाले बताए।

‘नयाँ गठबन्धनले एमालेलाई नयाँ चुनौती र अवसर दुवै प्राप्त भएको छ,’ उपाध्यक्ष थापाले भने, ‘यो गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्छ, त्यो मुलुकको हितमा हुन्छ।’

प्रकाशित मिति: ०७:१२ बजे, शनिबार, फागुन २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्