Kathmandu Press

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिन्कोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काभ्रे, फागुन २५ : काभ्रेको रोशी गाउँपालिका–९ मंंगलटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिन्कोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।

शुक्रबार मंगलटारस्थित मंगलटार स्वास्थ्य चौकीमा भएको शिविरमा एक सय ७५ जना लाभान्वित भएका छन्। महाशिवरात्री र अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा भएको स्वास्थ्य शिविरमा १७५ जनाले स्वास्थ्य परिक्षण गरेका छन्।

Hardik ivf

UOf4TXPr-1709914371.jpeg

मंगलटार स्वास्थ्य चौकीका प्रमुख निशा बरालका अनुसार सामान्य उपचार ६७ जना, स्त्रीरोग ५१ जना, भिआईए सेवा २६ जनाले, हाडजोर्नी ९७ जनाले र सामान्य सर्जरी १६ जनाले सेवा लिएका छन्।

शिविरमा रोशी गाउँपालिकाको वडा नं. ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिकाको वडा नं. ८ लगायतको स्थानीयले सेवा लिएका थिए। विहान १० बजेदेखि ३ बजेसम्म शिविर सञ्चालन भएको थियो।

9jMl9NRc-1709914371.jpeg

सो अवसरमा रक्त दान कार्यक्रमको पनि आयोजना गरेको थियो। रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष लगायत १२ जनाले रक्तदान गरेका थिए।

शिविरमा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, भद्रदल गणका प्रमुख, मेथिन्कोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, अस्पतालका निमत्त सुपरिटेण्डेन्ट डा. मधुकर दाहाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख गंगालाल श्रेष्ठ लगायतको उपस्थिती रहेका थिए।

CLIYLKv9-1709914370.jpeg

प्रकाशित मिति: २१:५८ बजे, शुक्रबार, फागुन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्