Kathmandu Press

पत्रकार प्रतीक्षा काफ्ले सम्मानित

पत्रकारिता क्षेत्रमा पु¥याएको योग्दानको मूल्यांकन गर्दै उत्कृष्ट महिला पत्रकारको रुपमा गण्डकी सरकारले ५० हजार नगदसहित सम्मानपत्रले सम्मान गरेको हो ।
पत्रकार प्रतीक्षा काफ्ले सम्मानित

कास्की, फागुन २५ : ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पत्रकार प्रतीक्षा काफ्लेलाई सम्मान गरेको छ।

पत्रकारिता क्षेत्रमा पु¥याएको योग्दानको मूल्यांकन गर्दै उत्कृष्ट महिला पत्रकारको रुपमा गण्डकी सरकारले ५० हजार नगदसहित सम्मानपत्रले सम्मान गरेको हो ।

Hardik ivf

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सोही अवसरमा काफ्लेसहित विभिन्न क्षेत्रमा क्रियाशिल उत्कृष्ट १६ जना महिलालाई सम्मान गरेको हो। सम्मानित हुने सवै जनालाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्र दिइएको छ।

सम्मानित हुनेमा राससका फोटो पत्रकार राधिका कँडेल, पत्रकार दुर्गा अधिकारी, सामाजिक अभियान्ताद्धय कमला पराजुली, विना सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा, नानुमाया गुरुङ र कमला गिरी सम्मानित भएका छन्।

यस्तै, खेलकुदतर्फ रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा र उद्यमशीलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भएका छन्।

कार्यक्रममा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट सात वटा महिला सहकारी संस्थालाई पनि सम्मान गरिएको थियो। प्रतिसहकारीलाई भने ७५ हजारसहित सम्मानपत्र दिइएको थियो।

प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, फागुन २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्