लुक्ला उडेको हेलिकप्टरमा चरा ठोक्कियो, काठमाडौंमा सकुशल अवतरण
७ नटिकल माइल उडेको ‘९एन–एएनए’ नम्बरको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको छ।
काठमाडौं, फागुन २५ : काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ। ्
७ नटिकल माइल उडेको ‘९एन–एएनए’ नम्बरको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको छ। हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको बताइएको छ।
५ सिट क्षमताको हेलिकोप्टरमा शुक्रबार बिहान सवा १० बजे हेलिकप्टरमा चरा ठोक्किएको हो।
प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












