काठमाडौंबाट बनेपासम्म महिला राईडरकाे मोटरसाइकल र्याली
नासा नेपालले विगत १५ वर्ष देखि मोटर स्पोर्टस र ड्राईभ टुरिजम्मका पारखीहरुले नयाँ–नयाँ कार्यक्रमहरु आयोजना गर्ने गरेको कार्यक्रम संयोजक दुर्गालक्ष्मी रन्जितकारले जानकारी दिइन्।
काभ्रे, फागुन २५ : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला राईडरहरुले काठमाडौबाट बनेपासम्मको मोटरसाइकल र्याली गरेका छन्।
नेपाल अटोमोवाईल एसोसियसन, नासा नेपाल अन्तर्गत वमेन कमिसनले आयोजना गरेको याली काठमाडौं छाउनी स्थित द लिफलाउन्ज देखि शुरु भएर बनेपा नगरपालिकामा आएर समापन भएको थियो।
नासा नेपालले विगत १५ वर्ष देखि मोटर स्पोर्टस र ड्राईभ टुरिजम्मका पारखीहरुले नयाँ–नयाँ कार्यक्रमहरु आयोजना गर्ने गरेको कार्यक्रम संयोजक दुर्गालक्ष्मी रन्जितकारले जानकारी दिइन्।

५० भन्दा धेरै महिला वाईक राइडर तथा स्कुटर राइडरको सहभागिता रहेको र्यालीबाट सुरक्षित यात्रा, ट्राफिक नियम पालना र यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षाको सन्देश समेत दिएको छ।
बनेपामा आयोजित स्वागत कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ काभ्रेको टिमले पनि स्वागत गरेको थियो। स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत उनिहरुलाई स्वागत गरेका थिए।

-1755255383.jpg)