Kathmandu Press

डोलेश्वरमा दर्शनार्थीको घुइँचो

सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो।
डोलेश्वरमा दर्शनार्थीको घुइँचो

काठमाडौं, फागुन २५ : महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो।

Hardik ivf

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो। अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रीका दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो।

महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएका छन्। डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ।

यस्तै भक्तपुर दत्रातयमा पनि शिवरात्रीका अवसरमा भक्तजनको घुइचो लागेको छ।

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, फागुन २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्