‘भिजिट भिसा’ शंकास्पद देखिएपछि ३ महिला विमानस्थलबाट फर्काइए
‘भिजिट भिसा’मा जान लागेको बताए पनि शंकास्पद देखिएकाले उनीहरुलाई फर्काइएको प्रहरीले जनाएको छ।
काठमाडौं, फागुन २५ : ‘भिजिट भिसा’मा यूएई जान लागेका ३ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलबाट फर्काइएको छ।
उनीहरु राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए। ‘भिजिट भिसा’मा जान लागेको बताए पनि शंकास्पद देखिएकाले उनीहरुलाई फर्काइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उनीहरुलाई शंकास्पद रुपमा यूएई पठाउन लागेको भेटिएको छ । प्रहरीले विदेश पठाउन विमानास्थल पुगेका एजेन्ट रुपन्देही रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको छ।
प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












