Kathmandu Press

प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीको नियुक्ति गैरकानुनी भन्दै कारबाही सिफारिस

सतर्कता केन्द्रको गत २२ फागुनको निर्णय अनुरुप अधिकारीको नियुक्ति नियुक्ति गैरकानुनी रहेको भन्दै कारबाहीका लागि सिफारिस भएको हो।
प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीको नियुक्ति गैरकानुनी भन्दै कारबाही सिफारिस

काठमाडौं, फागुन २५ : राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी रहेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले कारवाहीका लागि कोषलाई निर्देशन दिएको छ।

सतर्कता केन्द्रको गत २२ फागुनको निर्णय अनुरुप अधिकारीको नियुक्ति नियुक्ति गैरकानुनी रहेको भन्दै कारबाहीका लागि सिफारिस भएको हो।

Hardik ivf

केन्द्रको छानविनपछि मनोनयनको प्रक्रिया नपुगेको र नियुक्ति गर्दा पालना गर्नुपर्ने कार्यविधि पालना नभएको निश्कर्षसहित पदमुक्त गर्न निर्देशन दिइएको छ। अधिकारीको नियुक्ति वन तथा भू–संरक्षण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ विपरित देखिएको जनाएको छ। केन्द्रले मापदण्डले तोकेको न्यूनतम् शैक्षिक योग्यतामाथि नै प्रश्न उठाएको हो।

केन्द्रले अधिकारीलाई कोषको सदस्य सचिव बनाउँदा वन तथा वातावरण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी, कार्यकारी प्रमुख तथा सदस्यको नियुक्ति र मनोनयनका लागि छनोट गर्दा अपनाउनुपर्ने कार्यविधि, २०७५ को प्रावधान समेत उल्लङघन गरिएको ठहर गरेको छ।

अधिकारी ३ पुस २०७७ मा ५ वर्षका लागि कोषको सदस्य सचिवमा  नियुक्त भएका थिए। शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री भएका बेला उनी नियुक्त भएका हुन्।

 

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, फागुन २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्