Kathmandu Press

पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञ समापन

सर्वसिद्धिधाम पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस महायज्ञ नेपालमै पहिलो पटक सम्पन्न भएको हो।
पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञ समापन

बागलुङ, फागन २५ : बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको समापन गरिएको छ। यही फागुन ९ देखि २३ गतेसम्म सञ्चालन भएको महायज्ञमा नेपालसँगै भारतबाट लाखौँ तिर्थयात्रु र साधुसन्तको सहभागिता रहेको थियो।

सर्वसिद्धिधाम पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस महायज्ञ नेपालमै पहिलो पटक सम्पन्न भएको हो।

स्वामी कमलनयनाचार्यले जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरि धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गरिएको जानकारी दिए। यसप्रकारको उपस्थिति, प्रतिबद्धता र सहभागिता महायज्ञमा हुनु अभूतपूर्व हो भन्दै पञ्चकोटधामको श्रीबृद्धिमा यस महायज्ञ सफल भएको प्रतिक्रिया स्वामी कमलनयनाचार्यको थियो।

Hardik ivf

उनले महायज्ञको आयोजनादेखि समापनसम्म सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्दै यस प्रकारका अनुष्ठानप्रति समग्र देशबासीलाई महायज्ञले उत्प्रेरित गरिरहने अपेक्षा गरिएको धारणा समेत राखे। महायज्ञ भर हरेक दिन फरकफरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस भएको थियो। बहसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ठूलो सन्देश दिएको यस राष्ट्रिय बहसका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले बताए। महायज्ञमा सहभागी भएका हजारौँ दर्शनार्थी देशको माया गरी सनातन हिन्दु धर्मको रक्षामा लाग्ने अपेक्षा लिएको उहाँको भनाइ छ। अब मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुग्ने उनको विचार छ।

नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान नेपाली समाजको पुनर्जागरण गर्न ब्रह्माण्डीय महायज्ञले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। महायज्ञमा आफूले कल्पना गरेजस्तै गरी सबै नागरिकले सहयोग गर्नुभएको र यसले पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको पूर्णतामा पनि आगामी दिनमा सबैका साथ सहयोग रहने अपेक्षा गरिएको स्वामी कमलनयनाचार्यले बताए।

‘महायज्ञका बेला हामीले जुन सम्मेलन ग¥यौँ, त्यसले हाम्रो देश नेपालमा मात्रै हाइन विश्वरभर सकरात्मक सन्देश दिएको छ। यो महायज्ञमा सबै भाषाभाषी, जातजाति, संस्कृति र सम्प्रदायका नागरिकको नै उल्लासमय सहभागिता थियो। सबै दिल फुकाएर आउनुभयो र मन बचन र कर्मले सहयोग गर्नुभयो,’ स्वामी कमलनयनाचार्यले भने ‘प्रकृति, पर्यावरण, जल सम्पदा, कानुन सुरक्षा र न्याय प्रणाली, शिक्षा र शिक्षा प्रणाली, वैदिक सनातन धर्म, संस्कृति र भाषा साहित्य आदिका सम्बन्धमा सम्मेलन भयो, यसले एउटा जागरण ल्याउने काम गर्नेछ, हाम्रो पवित्र सम्पदा गण्डकीलाई नेपालसँग र नेपाललाई यसले विश्व ब्रह्माण्डसँग जोड्ने छ। यसप्रति हामी खुसी छौँ र सबैप्रति कृतज्ञ छौँ।’

यही फागुन २३ गते मुक्तिनाथदेखि त्रिवेणी धामसम्मका १०८ जना नौ वर्षका कन्याले यस महायज्ञको उद्घाटन गरेका थिए। १५ दिवसीय रहेको महायज्ञमा राष्ट्रपति राचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपसभामुख इन्दिरा राना, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान अर्थमन्त्रीद्वय डा.प्रकाशशरण महत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतको सहभागिता रेहको थियो।

महायज्ञको ३१ फिट अग्लो मौलोलाई देशव्यापी घुमाएर पञ्चकोटमा भित्राइएको थियो। उक्त मौलो पुरिने गरि २१ हजार क्वीन्टल धान महायज्ञको पूर्व सन्ध्यामा ल्याइए पनि पनि भक्तजनहरुले थप एक हजार गरि २२ हजार क्वीन्टल धान मौलोमा राखिएको छ। महायज्ञबाट सुरु भई सवा लाखा श्रीफल (नरिवल) हवन गर्नै लक्ष्य राखिएको छ। महायज्ञमा उपस्थित भक्तजनहरुले १२ हजार नरिवल हवन गरेका छन्। यस हवनलाई निरन्तरता दिइने सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए। नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगब्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिएको छ।

नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भरिएको थियो। पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ भएको हो। हाल पञ्चकोटमा थुप्रै धार्मिक संरचनाहरु निर्माण भएका छन्। विसं २०७१ सालदेखि संरचना निर्माण गर्न थालिएकोमा हालसम्म ५० करोड बढीको संरचना निर्माण भइसकेको अध्यक्ष दाहालको भनाइ छ।

‘महायज्ञ हामीले लक्ष्य राखे अनुसार पूरा गरेका छौँ, हजारौँ होइन लाखौँ भक्तजनले यहाँको अवलोकन गर्नु भयो, देश विदेशबाट पनि यहाँ आएर महायज्ञको गरिमा बढाउनुभयो, हाम्रो अभियानलाई धेरैले साथ दिनुभयो, ३१ फिट अग्लो मौलोलाई बाइस हजार क्वीन्टल भन्दा बढी धानले पुरियो, स्वःस्फुर्त रुपमा धेरैले सहयोग गर्नुभयो,’ अध्यक्ष दाहालले भने।

‘महायज्ञले बागलुङमा लाखौँ पर्यटक भित्राएको छ र यहाँको पर्यटन र व्यवसायलाई पनि ठूलो टेवा पु¥याएको छ। यससँगै पञ्चकोट धामको महिमा विश्वमै पुगेको छ। देवदेश नेपालको धार्मिक तथा पुण्यभूमिको  विकासका लागि यस यस महायज्ञबाट ठूलो सहयोग पुगेको छ,’ स्वामी कमलनयनाचार्यको भनाइ छ।

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, फागुन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्