डा.पोखरेल पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपति नियुक्त
सरकारले विश्वविद्यालय ऐन अनुसार विश्वविद्यालयको रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि पोखरेललाई नियुक्ति गरेको हो।
काठमडौं, फागुन २५ : पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा चिकित्सा शास्त्र संकायका डीन डा.शैलेषमणि पोखरेललाई नियुक्त गरिएको छ।
सरकारले विश्वविद्यालय ऐन अनुसार विश्वविद्यालयको रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि पोखरेललाई नियुक्ति गरेको हो।
काननतः कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्था छ। गत १८ फागुनदेखि उपकुलपति प्रा.डा.यादव कोइरालाको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो।
तत्कालीन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिले कार्ययोजनाको मूल्याङ्कनको काम सकाएर प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिने तयारी भइरहेको बेला सत्ता गठबन्धन हेरफेरपछि प्रकृया रोकिएको थियो।
प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












