टुँडिखेलमा राष्ट्रपति पौडेल
शुक्रबार नेपाली सेना सैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएका हुन्। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो।
काठमाडौं, फागुन २४ : राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० विशेष समारोहमा सहभागी भएका छन्।
शुक्रबार नेपाली सेना सैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएका हुन्। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।
-1709882795.jpeg?timestamp=1709882796061)
नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण, प्याराग्लाइडिङ, संयुक्त राष्ट्रसंघमा शान्ति सेनाले विद्रोहीबाट उद्धार गर्नेलगायतका विविध आकर्षक प्रस्तुती गरेको थियो । साथै मित्रराष्ट्र भारत, अमेरिका र बेलायतका व्याण्ड टोलीको पनि प्रस्तुती रहेको थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो।
(10)-1709882795.jpeg?timestamp=1709882806266)
(35)-1709882795.jpg?timestamp=1709882806266)
(2)-1709882794.jpeg?timestamp=1709882806266)
-1709882794.jpeg?timestamp=1709882806266)












