Kathmandu Press

अभिनेत्री डोली सोहीको निधन

डोलीको पनि अमनदीपको निधन भएको केही मिनेटपछि निधन भएको हो। डोली र अमनदीपको निधनले उनको परिवार शोकमा छन्।
अभिनेत्री डोली सोहीको निधन

नयाँ दिल्ली, फागुन २५ : भारतीय टेलिफिल्म ‘झनक’की अभिनेत्री डोली सोहीको निधन भएको छ। ४८ वर्षीया डोली सर्वाइकल क्यान्सरबाट पीडित थिइन्।

बहिनी अमनदीपको निधन भएको केही समयपछि डोलीको निधन भएको हो। अमनदीपको लिभरमा समस्या देखिएपछि निधन भएको थियो।

Hardik ivf

डोलीको पनि अमनदीपको निधन भएको केही मिनेटपछि निधन भएको हो। डोली र अमनदीपको निधनले उनको परिवार शोकमा छन्।

परिवारले दुवैको निधनको पुष्टि गरेका छन्। उनीहरुको शुक्रबार दिउँसो अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

उनीहरुका भाइ मनु सोहीले अमनदीपको निधनपछि उनको दिदी डोलीको हालत गम्भीर नभएको बताएका थिए। डाक्टरले अस्पतालमा आराम गर्न सल्लाह दिएका थिए।

डोली सन् २०२३ मा सर्वाइकल क्यान्सरबाट पीडित रहेको खुलेको थियो। सोही कारण उनले गत जनवरीमा ‘झनक’को सुटिङबाट ब्रेक लिएकी थिइन्।

डोलीले ‘भाभी’, ‘कलश’, ‘मेरी आशिकी तुम से ही’, ‘खुब लडी मर्दानी’ र ‘झाँसी की रानी’ जस्ता शोमा अभिनय गरेकी थिइन् ।

 

प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, फागुन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्