Kathmandu Press

प्रीति घाइते भएपछि अनितालाई आई लिग खेल्ने मौका

नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रिती राई घाइते भएपछि अनिताले भारतमा व्यवसायिक फुटबल खेल्ने मौका पाएकी हुन्।
प्रीति घाइते भएपछि अनितालाई आई लिग खेल्ने मौका

काठमाडौं, फागुन २५ : मिडफिल्डर अनिता केसीले भारतीय महिला आई लिग खेल्ने भएकी छिन्।

नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रिती राई घाइते भएपछि अनिताले भारतमा व्यवसायिक फुटबल खेल्ने मौका पाएकी हुन्। अनिता प्रतियाेगिताका लागि भारत प्रस्थान गरिसकेकी छिन्।

अनितालाई किकि स्टार्सले प्रीतिको स्थानमा अनुबन्धन गरेको छ। किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिता उपलब्ध हुनेछिन्। किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुलम केरेलासँग खेल्न बाँकी छ।

पहिलो पटक आई लिग खेल्न उत्साहित रहेको अनिताले बताइन्। उनले भनिन्, ‘पहिलो पटक आई लिग खेल्ने अवसर पाएको छु। त्यसका लागि निकै उत्साहित छु।’

प्रिती घाइते भएपछि आफूले अवसर पाएका बताउँदै उनले टिममा प्रीतिको अभाव हुन नदिने प्रयास गर्ने बताइन् ।

किकि स्टार्समा अर्की नेपाली खेलाडी दीपा शाही पनि छिन्। आई लिगमा ९ खेलमा ६ जित र २ बराबरीसहित २० अंक जोड्दै किक स्टार्स तेस्रो स्थानमा छ।  १० खेलेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ।

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, फागुन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्