Kathmandu Press

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गेट नेपालको ‘ट्राभ–येलर २०२४’

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गेट नेपालको ‘ट्राभ–येलर २०२४’

काठमाडाैं, फागुन २५: १४४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गर्ल्स इम्पावर्ड बाइ ट्राभल, नेपाल (गेट नेपाल) ले ‘ट्राभ–येलर २०२४’ को आयोजना गर्दैछ । गेट नेपालले हरेक वर्ष महिलाहरुको नेतृत्वदायी क्षमता, महिला यात्रीहरुको यात्रा र संघर्षका कथाहरु तथा समुदायमा युवाहरुको योगदानका विषयमा केन्द्रित रहेर ‘ट्राभ–येलर’ कार्यक्रम आयोजना गर्दै आएको छ ।

महिला सशक्तिकरणका विभिन्न मुद्दामा केन्द्रित रहेर आयोजना हुने ‘ट्राभ–येलर’को यो सातौं संस्करण हो । यस संस्करणमा नाटक, चलचित्र प्रदर्शनी, महिला उद्यमी प्रदर्शनी तथा अन्य कलात्मक प्रदर्शनीका माध्यमबाट महिलाहरुले आफ्ना यात्राका उतारचढावका प्रेरणादायी कथाहरु भन्नेछन् ।

Hardik ivf

गेट नेपालले कार्यक्रममार्फत् कोष संकलन पनि गर्दै आएको छ । यसवर्ष संकलन भएको सबै रकम हितैषी परियोजनालाई सहयोग गर्ने गेट नेपालले बताएको छ । कार्यक्रम फागुन २६ गते शनिबार माइतघरस्थित सेन्ट जेभियर्स कलेजमा हुँदैछ ।

कार्यक्रममा राष्ट्रिय महिला डाउनहिल च्याम्पियन उषा खनाल, फिल्म निर्देशक रजिला श्रेष्ठ, मिस ग्रान्ड नेपाल २०२२ ऐश्वर्य श्रेष्ठ, बेस्ट प्रिन्सिपल अवार्ड विजेता डा. भुवनेश्वरी राव तथा मिस नेपाल इन्टरनेशनल सीता सुवेदीलगायतको आतिथ्यता रहनेछ । यसैगरी, तिब्बतकी पूर्व राष्ट्रिय महिला खेलाडी लाक्पा भुटी लामा, महिला यात्री श्रद्धा केसी, महिला ट्रेक गाइड लिडर सुमित्रा आचार्य र महिला यात्री दिव्या ढकाललगायतको पनि सहभागिता रहनेछ ।

सन् २०१७ बाट सुरु भएको गेट नेपालले महिलाहरुलाई सुरक्षित रुपमा यात्रा गर्न सहजीकरण गर्नुका साथै सामुदायीक कार्यहरुमा पनि महिलाहरुलाई अग्रसर गराउँदै आएको छ ।
 

प्रकाशित मिति: १०:३६ बजे, शुक्रबार, फागुन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्