Kathmandu Press

भारतमा किन कम देखिएको छ कोरोनाको संक्रमण?

काठमाडौं, चैत ६ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सबै देशहरूलाई कोरोना भाइरसको महामारी रोकथामका लागि बढीभन्दा बढी व्यक्तिलाई परीक्षण गर्न आग्रह गरे....

भारतमा किन कम देखिएको छ कोरोनाको संक्रमण?

काठमाडौं, चैत ६ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सबै देशहरूलाई कोरोना भाइरसको महामारी रोकथामका लागि बढीभन्दा बढी व्यक्तिलाई परीक्षण गर्न आग्रह गरेको छ। तर, भारतले भने अहिलेसम्म आफ्नो परीक्षणलाई तिब्र बनाउन सकेको छैन। बरु भारतीय नागरिकले पूजापाठ गरिरहेका छन्।

विज्ञहरुले भने भारतमा प्रयाप्तमात्रामा काेराेना भाइरसकाे परीक्षण नभएकाे जनाएका छन्। जसले गर्दा संक्रमितको संख्या धेरै नदेखिएको दाबी गरेका छन्।

जनसंख्याको हिसाबले विश्वकै दोस्रो ठूलो राष्ट्र भारतमा कोरोना भाइरसको थोरै प्रभाव देखिएको छ। यो हुनुको कारण धेरै जनसंख्यामा यसको परीक्षणको पहुँच नभएको हुन सक्ने विज्ञहरूले बताएका छन्।

अहिले भारतले विदेशबाट आएकाहरू र शंका लागेर अस्पताल पुगेकालाई मात्रै कोरोना भाइरसको परीक्षण गरिरहेको छ। त्यो पनि १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै।

विश्व स्वास्थ्य संगठनका अनुसार, भारतमा अहिले दैनिक ८० जनाका दरले परीक्षण भइरहेको जनाएको छ। जबकी भारतसँग दैनिक आठ हजार जनालाई परीक्षण गर्न सक्ने क्षमता छ। अहिलेसम्म भारतले ११ हजार पाँच सय जनाको मात्रै परीक्षण गरेको छ। त्यसैले पनि भारतमा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको संख्या कम देखिएको विज्ञहरुको भनाइ छ।

अहिले भारतमा विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार काम भइरहेको छैन। डब्लूएचओका गाइडलाइन भारतमा अहिले नै प्रयोग गर्नुपर्ने अवस्था नरहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका प्रमुख भर्घवा बताउँछन्। अहिले नै समुदायस्तरमा संक्रमण नभएको बताउँदै उनी भन्छन, ‘ब्यापक रुपमा परीक्षण गर्दा सर्वसाधारणमा त्रास फैलिन सक्छ।’

विदेशबाट नआएका व्यक्तिलाई कोरोना भाइरसको परीक्षण नभइरहेको जनाएको छ। हालै कोरोना भाइरसको परीक्षणका लागि अस्पताल पुगेकी फेन्च नागरिकलाई परीक्षण नगरि फर्काइएको छ। परीक्षण गर्ने क्राइटएरिया नपुगेकाले फर्काएको जनाएको छ।

अहिले भारतमा कोरोना परीक्षणका लागि ५२ वटा केन्द्र रहेका छन्। तर, सबैलाई परीक्षण गर्न थाले ति केन्द्रहरूले धान्न नसक्ने जनाएको छ। त्यसैले पनि सबैलाई कोरोना भाइरसको परीक्षण नगरिएको भारतीय अधिकारी बताउँछन्।

भारतकै विज्ञहरूले पनि धेरै मात्रामा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने बताएका छन्। अहिले विभन्न ठाउँमा भेटिएका संक्रमितको हेर्दा कोरोना भाइरस धेरैजनामा भएको हुनसक्ने ट्रान्जिसनल हेल्थ साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्यूटका निर्देशक डा.गंगादीप कंग बताउँछन्।

डब्लूएचओले भने भारतमा समुदाय स्तरमा परीक्षण गर्नुपर्ने जनाएको छ। डब्लूएचओको एसिया क्षेत्र निर्देशक डा.पूनम खेत्रपाल सिंह बताउँछन्। अहिले नै भारतमा व्यापक परीक्षण गर्नुपर्ने वेला आएको उनको भनाइ छ। यस्तावेला परीक्षण गरेर नियन्त्रणमा ल्याउने प्रयास नगरे पछि अनियन्त्रित हुनसक्ने चेतावनी डब्लूएचओले दिएको छ।

भारतमा एक अर्ब ३० करोड जनसंख्या छ। जसमा शहरी क्षेत्रमा बस्ने ४० करोडभन्दा मान्छे नियमित सफा पानी पाउँदैनन्। त्यस्तो बस्तीमा कोरोना भाइरसको संक्रमण भए घातक बन्न सक्ने जनाएको छ।

अहिले भारतमा एक सय ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसबाट तीन जनाको मृत्यु भएको छ।

(एजेन्सीको सहयोगमा)

 

 

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्