Kathmandu Press

महिला हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक हुनुपर्छ : देउवा  

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदी बहिनीहरुले आफ्नो प्राणको आहुती गर्नु भएको भन्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् । 
महिला हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक हुनुपर्छ : देउवा  
Hardik ivf

काठमाडौं, फागुन २५ : नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना प्रकट गरेका छन् । 

उनले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको भन्दै नारी दिवसले महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको बताएका छन् । 

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदी बहिनीहरुले आफ्नो प्राणको आहुती गर्नु भएको भन्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् । 

प्रकाशित मिति: ०७:०५ बजे, शुक्रबार, फागुन २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्