Kathmandu Press

महाशिवरात्रिलाई गुठी संस्थानको ४० लाख विनियोजन

महाशिवरात्रि पर्वको तयारीबारे संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थानका अध्यक्ष डा शिवराज पण्डितले गुठीको करिब रु १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्रत्येक वर्ष करिब ४० लाख खर्च हुने गरेको बताए ।
महाशिवरात्रिलाई गुठी संस्थानको ४० लाख विनियोजन

काठमाडौँ, फागुन २५ : गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ४० लाख खर्च हुने जनाएको छ । महाशिवरात्रि पर्वको तयारीबारे संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थानका अध्यक्ष डा शिवराज पण्डितले गुठीको करिब रु १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्रत्येक वर्ष करिब ४० लाख खर्च हुने गरेको बताए ।

 “महाशिवरात्रि पर्वलगायत जात्रा पर्वमा संस्थानको वार्षिक बजेटको करिब २० प्रतिशत खर्च गर्ने र जनशक्ति पनि लगानी गरेको संस्थानको कामको प्रचारप्रसार हुन सकेन”,   अध्यक्ष पण्डितले संस्कृति, परम्परा र सम्पदाको संरक्षण प्रवर्द्धनमा भूमिका खेल्दै आएको गुठी संस्थानले आन्तरिक स्रोतबाटै जात्रा पर्व व्यवस्थापनको कार्य गर्दै आएको बताए । 

Hardik ivf

देशभरका राज गुठीअन्तर्गत करिब दुई हजार तीन सय गुठीमध्ये सात सय १७ देवस्थलहरुको साविक परम्परा बमोजिमका पर्व, पूजा, जात्रा, लगायतका धार्मिक तथा सांस्कृतिक कार्यको सञ्चालन व्यवस्थापनको जिम्मेवारी संस्थानले गर्दै आएको छ ।  

उपत्यका बाहिरका विवाह पञ्चमी, राम नवमी, झुला पर्व, मिथिल्ला परिक्रमा, मनकामना पर्व, उपत्यकाभित्रका महाशिवरात्रि पर्व, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, इन्द्रजात्रा, विस्केटजात्रा, हाडीगाउँको जात्रा, मङ्गामाईको जात्रा, गुहेश्यश्वरीको जात्र, महास्ना पर्व, महाकाली जात्रा, चाँगु नारायणको जात्रा, राष्ट्रिय महत्वका जात्रा पर्व हुन् ।

पर्वको तयारी

गुठी संस्थानले यस वर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । साधु सन्त महन्त, पुजारी, सुरक्षा निकाय पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि ४९ हजार किलो र कालमोचन क्षेत्रमा रहेका साधु सन्तका लागि तीन हजार किलो दाउरा खरिद, उनीहरुको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाशिवरात्रि पर्व सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति गठन गरी पशुपति क्षेत्रमा जनशक्ति खटाइएको छ । साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जनाएको छ । 

प्रकाशित मिति: ०६:३६ बजे, शुक्रबार, फागुन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्