आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा एन्फा मकवानपुरलाई ५–१ ले पराजित गर्दै झापा–११ सेमिफाइनलमा स्थान बनाएको हो।
झापा, फागुन २४ : आयोजक झापा ११ क्लब छैंटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा एन्फा मकवानपुरलाई ५–१ ले पराजित गर्दै झापा–११ सेमिफाइनलमा स्थान बनाएको हो।
झापा–११ का लागि आदित्य शाक्य, हेरिसन, प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष चापागार्इंले गोल गरे भने मकवानपुरका ओस्कारले गोल गरेका थिए।
खेलको २४औं मिनेटमा आदित्य शाक्यको गोलमा झापाले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो।
६६औं मिनेटमा हेरिसनले टिमको अग्रता दोब्बर बनाए। ७९औं मिनेटमा ओस्कारले गोल गर्दै एन्फ मकवानपुरलाई खेलमा फर्काउने प्रयास गरे। तर, ८३औं मिनेटमा प्रदिपले गोल गरेपछि झापाले ३–१को अग्रता लियो।
त्यसपछि इन्जुरी समयमा झापाले थप २ गोल गरेको थियो। उसका बबिन र आशिषल् गोल गरेका थिए।
अब झापा ११ ले सेमिफाइनलमा शनिबार चर्च बोइज युनाइटेडसँग खेल्नेछ । यस्तै, शुक्रबार हुने अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी र एपिएफ क्लब भीड्ने छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










