Kathmandu Press

‘वर्तमान सरकार लामो समय टिक्ने भरोसा कसैसँग छैन’

थापाले संसदमा एमाले अध्यक्ष केपी ओलीको हाउभाउ हेर्दा पनि आफुलाई धोका दिन सक्नेतर्फ सचेत देखिएको उल्लेख गरे। उनले प्रधानमन्त्रीले अहिले जनमत पार्टीलाई समेत लत्याएको बताए।
‘वर्तमान सरकार लामो समय टिक्ने भरोसा कसैसँग छैन’

काठमाडौं, फागुन २४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि नरहेको बताएका छन्।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले गठबन्धन परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरूलाई पटक पटक धोका दिने गरेको भन्दै सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि नरहेको बताए।

Hardik ivf

थापाले संसदमा एमाले अध्यक्ष केपी ओलीको हाउभाउ हेर्दा पनि आफुलाई धोका दिन सक्नेतर्फ सचेत देखिएको उल्लेख गरे। उनले प्रधानमन्त्रीले अहिले जनमत पार्टीलाई समेत लत्याएको बताए।

गठबन्धन परिवर्तन गर्दा कांग्रेसप्रति लगाएको आरोप ढाकछोप गर्ने बहाना मात्रै रहेको उनको टिप्पणी छ। निर्वाचनअघि गठबन्धन गरेकाले इमान्दारीपूर्वक कांग्रेसले साथ दिइरहेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई भत्काएपछि विभिन्न ढोका खुल्ला भएको उनले बताए।

महामन्त्री थापाले नेपालमा निर्वाचनअघि हुने गठबन्धनलाई संवैधानिक, राजनीतिक सबै तवरबाट सधैका लागि बन्द गर्नुपर्ने बताए।

प्रकाशित मिति: २१:१५ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्