जसपाबाट उपेन्द्र यादवसँगै नवलकिशोर साह मन्त्री बन्ने
केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादव र वन तथा वातावरण मन्त्रीमा नवलकिशोर साहलाई पठाउने निर्णय गरेको छ।
काठमाडौं, फागुन २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ गठबन्धनसहितको पुनर्गठित सरकारमा सहभागी हुने मन्त्रीको नामा टुंगो लगाएको छ।
पुनर्गठित सरकारमा जसपाले २ मन्त्री र १ राज्यमन्त्री पाउने छन्।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादव र वन तथा वातावरण मन्त्रीमा नवलकिशोर साहलाई पठाउने निर्णय गरेको छ।
यस्तै, उसले स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ।
प्रकाशित मिति: २०:१७ बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार