Kathmandu Press

‘सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला’

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने बताए।
‘सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला’

काठमाडौं, फागुन २४ : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने बताए।

Hardik ivf

‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो,’ अर्थमन्त्री पुनसँगको भेटघाटमा श्रीवास्तवले भने, ‘यसै कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग भारतको सम्बन्ध राम्रो रहँदै आएको र आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने श्रीवास्तवले बताएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।

श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध मौलिक रहेको बताउँदै दुई देशबीचको सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: २०:०७ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्