Kathmandu Press

धादिङ बस दुर्घटनामा हराइरहेका थप दुई जनाको शव भेटियो

स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो।
धादिङ बस दुर्घटनामा हराइरहेका थप दुई जनाको शव भेटियो

धादिङ, फागुन २४ : धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो।

Hardik ivf

योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी र्दिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो।

बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन्। उनको खोजी कार्य जारी छ। सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए।

प्रकाशित मिति: १९:२४ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्