Kathmandu Press

नेपालमा जलवायु सम्बन्धी संसदीय समिति र मन्त्रालय आवश्यक : प्रदिप पौडेल

उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भएपनि सरकारका तर्फबाट कुनै प्रभावकारी काम नभएको बताए।
नेपालमा जलवायु सम्बन्धी संसदीय समिति र मन्त्रालय आवश्यक : प्रदिप पौडेल

काठमाडौं, फागुन २४ : नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले नेपालमा जलवायु सम्बन्धी संसदीय समिति र जलवायु मन्त्रालय आवश्यक रहेको बताएका छन्। उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भएपनि सरकारका तर्फबाट कुनै प्रभावकारी काम नभएको बताए।

‘हामीले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय मन्चमा सहभागी जनाउने गरेका छौं। विभिन्न सम्झौताहरु गरेका छौं तर नीतिगत रुपमा केही काम गर्न सकेका छैनौं,’ उनले भने, ‘यसका लागि जलवायु सम्बन्धी अलग्गै मन्त्रालय र संसदीय समिति स्थापना तत्काल गर्नुपर्छ।’

Hardik ivf

विहीबार लोकतन्त्र तथा विकास केन्द्रले काठमाडौं आयोजना गरेको ‘क्लाइमेट इनोभेसन फर उमेन इम्पावरमेन्ट’ विषयक कार्यक्रममा बोल्दै पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको थाहा हुँदाहुँदै पनि नेपालमा राजनीतिको मुख्य मुद्दा बन्न नसकेको दुखेसो गरे।

‘हामीले जलवायु परिवर्तन र यसको जोखिम न्यूनिकरणका प्राविधिक पक्ष बुझ्न सकेनौं । राज्यको प्राथमिकतामा राखेका छैनौं र संविधानले व्यवस्था गरेको छैन। यस्तो परिस्थितीमा केही सांसदहरु मिलेर संसदीय समिति र अलग्गै मन्त्रालयको पहल गरेका छौं । तर सरकारको प्राथमिकतामा पर्न नसक्नु दुखद पक्ष हो,’ सांसद पौडेलले भने।

नेपालमा कानुनी व्यवस्था नहुँदा जलवायु परिवर्तन न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय निकायहरुले आर्थिक सहयोग गर्न नसकेको जानकारी दिए।

 

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्