Kathmandu Press

नेपाल स्काउटको ‘शैक्षिक पद्धती’ आयुक्तमा सन्तोषकुमार थापा

१२ वर्षपछि भएको नेपाल स्काउट निर्वाचनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका थापालाई राष्ट्रिय परिषद् बैठकले ‘शैक्षिक पद्धती’ आयुक्त नियुक्त गरेको हो।
नेपाल स्काउटको ‘शैक्षिक पद्धती’ आयुक्तमा सन्तोषकुमार थापा

काठमाडौं, फागुन २४ : नेपाल स्काउटको शैक्षिक पद्धती आयुक्तमा सन्तोषकुमार थापा नियुक्त भएका छन्।

१२ वर्षपछि भएको नेपाल स्काउट निर्वाचनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका थापालाई राष्ट्रिय परिषद् बैठकले ‘शैक्षिक पद्धती’ आयुक्त नियुक्त गरेको हो।

Hardik ivf

बैठकले प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जितलाई नियुक्त गरेको छ भने सह–प्रमुख आयुक्तमा किरण गिरी, इन्दु तिवारी सुवेदी र अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरेलाई नियुक्त गरेको छ।

आयुक्त नियुक्त भएपछि थापाले नेपाल स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्ने बताएका छन्।

नेपाल स्काउट १९५२ मा नेपालमा स्थापित भएको हो र यसले १९६९ मा विश्व स्काउट आन्दोलनको सदस्यता प्राप्त गरेको थियो। यसले विश्व गर्ल गाइड र गर्ल स्काउट संघको सदस्यता पनि १९८४ मा प्राप्त गरेको थियो।

प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्