Kathmandu Press

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरेका हुन्।
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं, फागुन २४ : राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन, २०७९र८० पेस भएको छ।

सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरेका हुन्।

बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराए।

राष्ट्रियसभाको अर्को बैठक फागुन २७ गते आइतबार अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ।

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्