Kathmandu Press

रुकुमको एउटै विद्यालयका ३७ विद्यार्थी बिरामी

रुकुम (पूर्व), फागुन १२ : रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी एकाएक बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत....

रुकुमको एउटै विद्यालयका ३७ विद्यार्थी बिरामी

रुकुम (पूर्व), फागुन १२ : रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी एकाएक बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् ।

आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए ।

Hardik ivf

बिहीबारबाटै एक÷दुईजनामा यस्तो समस्या देखिएको तर आज ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । दुई सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अहिले एकैपटक ३७ जना बिरामी भएका छन् ।

अहिले बिरामी उपचारको लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गएको जनाएको छ ।

प्रकाशित मिति: १३:४० बजे, आइतबार, फागुन १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्