संसदमा महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन पेस
बिहीबारको बैठकमा समितिका सभापति किरणकुमार साहले उक्त प्रतिवेदन पेस गरेका हुन्।
काठमाडौं, फागुन २३ : प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९र८० पेस भएको छ।
बिहीबारको बैठकमा समितिका सभापति किरणकुमार साहले उक्त प्रतिवेदन पेस गरेका हुन्।
त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्नेछ।
प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)