Kathmandu Press

विदेशीले धाप मारिदिएपछि प्रधानमन्त्री बुरुक्क : सीके राउत

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउन प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो भएको पनि राउतले बताए।
विदेशीले धाप मारिदिएपछि प्रधानमन्त्री बुरुक्क : सीके राउत
Hardik ivf

काठमाडौं, फागुन २४ : जनमत पार्टीका अध्यक्ष एवम् सांसद सीके राउतले सत्ता परिवर्तनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले गहिरो कारण बताउन नसकेको भनाई रादेका छन्।
 
बिहीबार प्रतिनिधिसभा बैठकमा राउतले सरकार फेर्न प्रधानमन्त्री प्रचण्डलाई विदेशीको ढाप रहेको समेत बताए। कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउन प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो भएको पनि राउतले बताए।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गठबन्धन फेरिनुको कारण प्रधानमन्त्री स्वयम् रहेको पनि बताए। राउतले नयाँ गठबन्धन निर्माणमा प्रधानमन्त्री प्रचण्डले ‘भ्यागुते प्रवृत्ति’ देखएको समेत आरोप लगाए।

प्रधानमन्त्रीको ‘भ्यागुते उफ्राई’ का कारण संघीय सरकार मात्र नभई सातवटै प्रदेश सरकार ढल्ने सम्भावना बढेकाले त्यसको घाटा देश र जनताले ब्यहोर्नुपरेको पनि राउतले बताए।
 
‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्मानननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन,’ संवोधनकाक्रममा उनले भने, ‘अझ उहाँ गर्वका साथ भन्नुहुन्छ म मिस्टर उथलपुथल हो।’

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्