Kathmandu Press

डा. बाबुराम भट्टराई मिटरब्याज पीडितको मार्चपासमा

कार्यक्रममा सरकारलाई खवरदारी गर्दै डा.भट्टराईले भने, ‘किसान मजदुरको लागि केही गर्न चाहनुहुन्छ भने यो तपाईंहरुका लागि अवसर पनि हो।’
डा. बाबुराम भट्टराई मिटरब्याज पीडितको मार्चपासमा

काठमाडौं, फागुन २४ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई मिटरब्याज पीडितको मार्चपासमा सहभागी भएका छन्।

मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन डा.भट्टराई मार्चपासमा सहभागी भएका हुन्। उनी भृकुटीमण्डपदेखि भद्रकालीसम्म मार्चपासमा सहभागी भएका थिए।

Hardik ivf

कार्यक्रममा सरकारलाई खवरदारी गर्दै डा.भट्टराईले भने, ‘किसान मजदुरको लागि केही गर्न चाहनुहुन्छ भने यो तपाईंहरुका लागि अवसर पनि हो।’

भट्टराईले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा बनेको मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर वार्ता थाल्न भट्टराईले गृहमन्त्री रवि लामिछानेलाई आग्रह समेत गरे।

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्