नागरिकता कीर्ते कसुरमा वीरगञ्जका मेयरविरुद्ध किटानी जाहेरी
झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरूद्ध जाहेरी परेको हो।
पर्सा, फागुन २४ : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता कीर्तेमा प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ।
नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। जाहेरी २ साताअघि नै परेको प्ररहीले जनाएको छ।
झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरूद्ध जाहेरी परेको हो।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बाट २०७१ कात्तिक २० गते जन्मदर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको हो। २०७५ साउन १३ गते पर्सा प्रशासनबाट रूविनाको नागरिकता जारी भएको र २०७६ फागुन ८ मा प्रतिलिपी लिएको देखिएको थियो।
प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












