चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा शाखा अधिकृत पक्राउ
सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा बागमती प्रदेश सभा सचिवालयमा कार्यतर छैटौँ तहका अधिकृत रामचन्द्र अर्याल पक्राउ परेका हुन्।
काठमाडौं, फागुन २४ : चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा बागमती प्रदेश सभा सचिवालयमा कार्यरत शाखा अधिकृत पक्राउ परेका छन्।
सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा बागमती प्रदेश सभा सचिवालयमा कार्यतर छैटौँ तहका अधिकृत रामचन्द्र अर्याल पक्राउ परेका हुन्।
पक्राउ परेका अर्यालविरुद्ध सुन तस्करीका आरोपी तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उजुरी परेको थियो।
अर्याल काभ्रे प्रशासन कार्यालयमा नायब सुब्बा रहेका बेला २०७४ सालमा नेपाली नागरिकता दिलाएको जनाइएको छ। अर्याललाई पक्राउपछि प्रदेश सभा सचिवालयबाट काभ्रे प्रहरीको जिम्मा लगाइएको छ।
प्रकाशित मिति: १६:३० बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार