Kathmandu Press

एआई लुक्समा ‘महाजात्रा’का कलाकार

आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’का प्रमुख तीन कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको एआई क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ।
एआई लुक्समा ‘महाजात्रा’का कलाकार

काठमाडौं, फागुन २४ : विश्वमा झैं नेपालमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को लोकप्रियता बढ्दो छ । यो प्रविधिको प्रयोग अब फिल्ममा पनि हुन थालेको छ।

आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’का प्रमुख तीन कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको एआई क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ।

Hardik ivf

यी कलाकारलाई फिल्मको कथावस्तुसँग सुहाउने गरी पैसा र सुन मोहमा रमाएको देखाइएको छ। षट्कोण आट्र्सको निर्माण गरेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

फिल्म ‘महाजात्रा’ अघिल्ला दुई फिल्म ‘जात्रा’ र ‘जात्रैजात्रा’को तेस्रो सिरिज हो। निर्देशक भट्टराईले जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिलममा प्रस्तुत गरिएको बताए।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्