Kathmandu Press

तीन स्रष्टालाई झपट पुरस्कार

झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते झपट पुरस्कार समर्पण गरिने कार्यक्रम रहेको झपट पुरस्कार गुठीका अध्यक्ष अरुण राणाले जानकारी दिए।
तीन स्रष्टालाई झपट पुरस्कार

काठमाडौं, फागुन २४ : झपट पुरस्कार व्यवस्था समितिले तीन जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ।

समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो।

Hardik ivf

त्यस्तै समितिले योग शिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा अहोरात्र समर्पित भई मानव स्वास्थ्यसेवाको संवद्र्धनमा उल्लेखनीय योगदान दिएबापत डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ।

नेपाली कथा साहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएबापत प्रा. डा. ऋषिराम शर्मालाई २०८० सालको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ। जसको राशि ५० हजार  रहेको छ।

झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते झपट पुरस्कार समर्पण गरिने कार्यक्रम रहेको झपट पुरस्कार गुठीका अध्यक्ष अरुण राणाले जानकारी दिए।  

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्