Kathmandu Press

हिजो गठबन्धन तोडेर गल्ती भयो : सांसद पौडेल

‘यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन। हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन,’ उनले भने, ‘मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौं।’
हिजो गठबन्धन तोडेर गल्ती भयो : सांसद पौडेल

काठमाडौं, फागुन २४ : नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने दाबी गरे।

Hardik ivf

सांसद पौडेलले विगतमा गठबन्धन तोडेर गल्ती गरेको महसुससहित फेरि गठबन्धन गरिएको भन्दै आगामी दिनमा त्यो कुरा नदोहोरिने बताए।

‘यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन। हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन,’ उनले भने, ‘मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौं।’

वर्तमान गठबन्धनमा लामो राजनीतिक अनुभव प्राप्त गरेका तथा आलोचक भएर सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउँदै आएका दल सहभागी रहेको उल्लेख गर्दै पौडेलले सरकारले तीव्र गतिका साथ काम गर्ने विश्वास व्यक्त गरेका थिए।

‘वर्तमान सरकार कानुन निर्माण तथा मुलुकले भोग्दै आएको समस्या समाधान गर्न सक्षम हुनेछ,’ उनले भने, ‘राष्ट्र निर्माण गर्ने जिम्मेवारी दलहरुको काँधमा छ, मुलुकको समृद्धि तथा साझा मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ।’

नेता पौडेलले १० पुस २०७९ मा एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसको नेतालाई राष्ट्रपति बनाउन खेलेको भुमिका नभुल्न कांग्रेसलाई सुझाव दिए ।

‘म स्मरण गराउन चाहन्छु राष्ट्रपतिको निर्वाचनको बेलामा थिए होला नि प्रधानमन्त्रीलाई अर्कै प्रस्ताव। राष्ट्रपतिमा मिलेर गरौं भनेर अहिलेका बहालवाला प्रधानमन्त्रीले गर्नुभएको कोशिश बिर्सनुभयो?’ सांसद पौडेलले प्रश्न गरे।

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्