आयोगद्वारा नाउपाको अध्यक्षमा रेशम चौधरी अवैध ठहर
आयोगको निर्णयका कारण चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक हुने संभावना देखिएको छ।
काठमाडौं, फागुन २४ : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक ठहर गरेको छ।
आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य रहेकने निर्णय समेत गरेको छ। चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न गत माघमा निर्वाचन आयोगसमक्ष निवेदन दिएका थिए।
आयोगको विहीबारको निर्णय अनुसार रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिले मान्यता पाएको छ। आयोगको निर्णयका कारण चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक हुने संभावना देखिएको छ।
रेशम चौधरीले टीकापुर हिंसामा अदालतबाट जन्मकैदको सजाय पाई आममाफी पाएका थिए।
प्रकाशित मिति: १५:३८ बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












