Kathmandu Press

गठबन्धन टुटेकोमा खुशी छु : डा.शशांक

उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए। उनले कांग्रेस सँधै एक्लै लड्नुपर्ने औंल्याए।
गठबन्धन टुटेकोमा खुशी छु : डा.शशांक

माेरङ, फागुन २४ : नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्शिवाद भएको बताएका छन्। कसैको आर्शिवादमा गठबन्धन टुटेको उनको संकेत थियो।

विहीबार बिराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए। उनले कांग्रेस सँधै एक्लै लड्नुपर्ने औंल्याए।

Hardik ivf

‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो। प्रचण्ड र ओलीज्यू उहाँहरुले पहिला गठबन्धन गर्नुभयो। फेरि हामीतर्फ आउनुभयो। मलाई लाग्छ यो एउटा बरदान हो। अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन्, कसैको आर्शिवाद पाएको हो कि भन्ने लागेको छ। मेरा लागि यो लुकेको एउटा खुसी चाही हो।’

उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए।

‘म बीपी कोइरालाको छोरा भएको हुनाले भन्छु कुनै कांग्रेस पार्टीसँग पनि हामी मिल्नु हुदैँन्। विगतमा जसरी मिलेका थियौं त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ,’ उनले भने, ‘हामीले स्थापना गरेको कम्युनिष्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन्।’

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्