Kathmandu Press

प्रधानमन्त्रीलाई लेखकको प्रश्न– १४ महिनामा के चाहीं गर्नुभयो?

‘राजनीतिमा मर्यादा र सम्मानले मात्र पुग्दैन। प्रधानमन्त्रीले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनका सहमतिहरु तोडेर एकतर्फी ढंगले गठबन्धन फेर्नुभयो।’
प्रधानमन्त्रीलाई लेखकको प्रश्न– १४ महिनामा के चाहीं गर्नुभयो?
फाइल तस्बिर।

काठमाडौं, फागुन २४ : कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काल्पनिक कुरा गरेर गठबन्धनलाई झुक्याएको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहालले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर एकतर्फी गठबन्धन तोडेको आरोप लगाएका हुन्।

Hardik ivf

‘नेपाली कांगेसले गठबन्धनमा भएका निर्णय र सहमतिलाई इमान्दारिता, निष्ठा र मर्यादाका साथ पालना गर्यौं। तर पछिल्लो समय गठबन्धनमा अविश्वास हुनेगरि गतिविधि भए,’ उनले भने, ‘राजनीतिमा मर्यादा र सम्मानले मात्र पुग्दैन। प्रधानमन्त्रीले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनका सहमतिहरु तोडेर एकतर्फी ढंगले गठबन्धन फेर्नुभयो।’

प्रधानमन्त्रीले कांग्रेस गठबन्धनमा रहेकाबेला देशमा सुशासन विकास र सामाजिक न्याय भएन भन्ने गरेको भन्दै लेखकले १४ महिनामा के चाहि गर्नुभयो तपाईले? भन्दै प्रश्न गरे।

‘जनचाहाना अनुसार सुशासन विकास र सामाजिक न्यायको आकांक्ष पूरा गर्न भनेर लेखेको रहेछ। पोहोर साल प्रधानमन्त्री हुनुभएको १५ महिना लाग्दैछ। १५ महिनापछि सुशासन विकास र सामाजिक न्याय भएन भन्नु भएछ त्यसो भए यो १४ महिनामा के चाहि गर्नुभयो तपाईले? प्रश्न उठ्छ कि उठ्दैन्,’ लेखकले भने, ‘यहाँ त उहाँले गरेको बढो काम सुनाउनुभयो। अहिलेको कुरा साँचो हो कि फाल्गुन २१ गते गरेको हस्ताक्षर साँचो हो? यस्ता काल्पनिक कुरा गरेर राजनीनिमा झुक्याउन सकिदैन्। एकैछिनलाई सकिएला तर सँधै सकिँदैन्।’

प्रधानमन्त्रीको कदमले राजनीतिक अस्थिरता बढेर गएको लेखकको टिप्पणी थियो। उनले भने, ‘हामीले गठबन्धनप्रति इमान्दारिता देखाएका थियौं। हामीले इमान्दारिता देखाउँदा पनि गठबन्धन भत्काउने कांग्रेसप्रति विश्वासघात भएको ठहर गरेका छौं।’

प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्