Kathmandu Press

‘जनमतको अपमान भयो, मुलुकलाई शृंखलाबद्ध अस्थिरतामा लगियो’

‘जनताले दिएको आफ्नो जिम्मेवारी बाट भाग्ने काम भयो। यो राजनीतिक बेइमानी हो। मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो।’
‘जनमतको अपमान भयो, मुलुकलाई शृंखलाबद्ध अस्थिरतामा लगियो’

काठमाडौं, फागुन २४ : प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री पु्ष्पकमल दाहालले गठबन्धन फेरबदल गरेर जनमतको अपमान गरेको बताएको छ। प्रतिनिधिसभामा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सम्बोधन गर्दै उनले दाहालले इमान नदेखाएको उल्लेख गरे।

उनले यस्तो घटनाले मुलकुलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको बताए। उनले भने, ‘जनताले दिएको आफ्नो जिम्मेवारी बाट भाग्ने काम भयो। यो राजनीतिक बेइमानी हो। मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो।’

Hardik ivf

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेको भन्दै नेता लेखकले त्यतिबेला गरेको प्रतिज्ञा बेवास्ता गरेर प्रधानमन्त्रीले कांग्रेसप्रति कुठाराघात गरेको बताए।

‘निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो’, उनले भने, ‘आफ्नो जिम्मेवारीबाट भाग्ने गठबन्धन भत्काउने जुन अविश्वसनीय काम गरियो। यसलाई कठोरतापूर्वक भन्नैपर्‍यो यो राजनीतिक बेइमानी हो।’

उनले एक जना दुई जना मन्त्रीका भागमा कमजोरी थुपारेर आफ्नो कमजोरी छोप्ने काम प्रधानमन्त्रीले गरेको बताए। उनले कांग्रेसको प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने जानकारी दिए।

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्