Kathmandu Press

प्रधानमन्त्रीका रूपमा ममाथि कांग्रेसबाट न्याय भएन : प्रधानमन्त्री दाहाल

‘साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो, तर परिवर्तन, सुशासनको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीको रूपमा मलाई जति न्याय गर्नुपर्थ्यो, त्यति न्याय भएन,’ उनले भने, ‘म सरकारको गतिसँग असन्तुष्ट छु भनेर भनिरहेकै थिएँ।’
प्रधानमन्त्रीका रूपमा ममाथि कांग्रेसबाट न्याय भएन : प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन २४ : प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले गठबन्धनको मानमर्दन गरेको अरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै निर्वाचन आउन चारवर्ष बाँकी छँदै महासमिति बैठकमा बेमौसममा मानमर्दन गरेको आरोप लगाए।

Hardik ivf

प्रधानमन्त्री दाहालले त्यही कारण नयाँ सत्ता गठबन्धन बनाउनु परेको उल्लेख गरे।

‘महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो। त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो,’ प्रधानमन्त्री दाहालले भने, ‘मा‌ओवादी आन्दोलनको बिद्रुपीकरण गरियो।’

व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणाम निर्णायक हुने उनले उल्लेख गरे। उनले भने, ‘राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणाम निर्णायक हुनपुग्दा रहेछन् । अघिल्लो गठबन्धनमा त्यही भयो।’

प्रधानमन्त्रीका रूपमा आफूमाथि नेपाली कांग्रेसबाट न्याय नभएको उनको भनाई थियो। ‘साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो, तर परिवर्तन, सुशासनको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीको रूपमा मलाई जति न्याय गर्नुपर्थ्यो, त्यति न्याय भएन,’ उनले भने, ‘म सरकारको गतिसँग असन्तुष्ट छु भनेर भनिरहेकै थिएँ।’

उनले आफ्नो लक्ष्य सत्ता नभइ सुशासन र समृद्धि रहेको बताए। उनले आफूले जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने निर्णय गरेको बताए।

 

प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्